
काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिगको विदेशी खेलाडी ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् ।
आगामी सिजनका लागि नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद बिग ब्यास लिगको विदेशी खेलाडी ड्राफ्टमा परेका हुन् । लामिछानेले यसअघि पनि लिग खेलिसकेका छन् ।
खेलाडीले श्रेणीअनुसार न्यूनतम १ लाख ३० हजार अष्ट्रेलियन डलरदेखि अधिकतम ४ लाख २० हजार अष्ट्रेलियन डलर तलब पाउनेछन् । ड्राफ्ट अक्सन बिहीबार हुनेछ ।
प्रत्येक टिमले कम्तिमा दुई र बढीमा तीन विदेशी खेलाडी छनोट गर्न सक्छन् ।
बिबिएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हीट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टिम रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend