बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

मेष : समय आफै अनुकुल बन्दै जानेछ। व्यक्तिगत खुसीको लागि केही समय छुट्याउनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष : तपाईको धैर्यता र कार्यकुशलताको सराहना हुनेछ। कुनै कुराले मन आनन्दित बनाउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अक ४ रहेको छ।

मिथुन : परोपकारी कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : धेर्य र पराक्रमले नसोचेको काम सम्पादन हुनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ९ रहेको छ।

सिंह : राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धामा सफला मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या : सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित होला। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला : आज ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा प्रयास सफल हुनेछ र धन प्राप्तिका प्रबल संकेत रहेका छन्। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक : नोकरी वा पेशामा अप्ठ्यारा कार्यको नेतृत्व गर्नुपर्ला। अधिकारि वर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

धनु : बुद्धिबल र लगनशीलताले प्रत्येक कार्यमा सफलता मिल्नेछ। बेरोजगारहरूको लागि नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर : रचनात्मक कार्यमा रुचि बढ्नेछ। कुनै ठूलो निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सल्लाह लिनुहोस। भविष्यलाई लिएर कार्य गर्ने दिन रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ : व्यापारिक निर्णयमा आर्थिक पक्षलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। परीक्षामा सफलता मिल्ला। पारिवारिक अनावश्यक तनावले मनलाई विचलित पार्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मीन : सन्तानलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा तत्कालको फाइदा हेरेर निर्णय नलिनुहोला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ लाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend