बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

मोटरेबल ब्रिज एक्जिबिशन ललितपुरमा सुरु, पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने

मोटरेबल ब्रिज एक्जिबिशन ललितपुरमा सुरु, पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने

काठमाडौं । ललितपुरको मानभवनमा मोटरेबल ब्रिज एक्जिबिशन सुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास विभागले स्वीस सरकार विकास सहयोग एसडीसीसँगको सहकार्यमा एक्जिबिशनको आयोजना गरेको हो ।

सन् २०११ मा नेपाल सरकार र स्वीस सरकारबीच तत्कालिन स्थानीय सडक र अहिले प्रदेश सडकमा बनिने मोटरेबल पुल निर्माणमा आवश्यक प्राविधिक सहयोग दिने दुई पक्षीय सम्झौता भएको थियो ।

त्यो समयदेखि नै स्वीस सरकारको तर्फबाट स्थानीय पुल सडक ईकाइले प्राविधिक सहयोग लिँदै आएको ईकाइका टोली नेता सकिल मानन्धरले जानकारी दिए ।

सम्झौतादेखि अहिलेको अवधिसम्म पुल बनाउँदा के कस्ता कार्यहरु गरियो भनेर प्राविधिक पक्षलाई देखाउने एक्जिबेशनको उद्धेश्य रहेको छ ।

लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव भिमार्जुन पाण्डेका अनुसार स्वीस सरकारसँग गरिएको सम्झौताको यो अन्तिम वर्ष हो ।

यो समायावधिमा केके सिकियो, कस्तो कस्तो पुलहरुको निर्माण भयो, ती पुलहरु बनाउँदा क्लाइमेट चेन्जले के कस्ता समस्याहरु सिर्जना भए र निर्माणाधीन अवस्थामै पनि डिजाइन परिवर्तन गनुपर्दा अपनाइने उपायहरु लगायतलाई समावेश गरेर एक्जिबिशनमा प्रिजेन्टेसन पनि गरिएको सचिव पाण्डेले बताए ।

त्यस्तै, स्थानीय पूर्वाधार विभाग, सडक तथा पुल शाखा प्रमुख भरत कुमार यादवले यो एक्जिबिशनले भोलि यही क्षेत्रमा काम गर्न चाहनेहरुका लागि ठूलो मद्दत पुग्ने जानकारी दिए । यो एक्जिबिशनबाट पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने भएकाले सम्भव भएसम्म भिजिट गर्न सबैलाई उनले आग्रह गरे ।

यसैगरी, जय विष्णु निर्माण सेवा प्रालीको म्यानेजिङ डिरेक्टर अनिल सिलवालले यस्तो किसिमको एक्जिबिजशन निकै उपयोगी र लाभदायी हुने बताए ।

विशेषगरी नेपालका मोटरेबल पुलहरुमा केन्द्रित हुने व्यक्तिहरुले यो एक्जिबिशन भिजिट गर्नै पर्ने सिलवाल बताउँछन् ।

पुल कसरी बन्छ त ? भन्ने सर्वसाधारणको जिज्ञासालाई यो एक्जिबिशनले सम्बोधन गर्ने बताइएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताको यो नै अन्तिम वर्ष हो । सन् २०११ देखि अहिलेसम्म स्वीस सरकारको प्राविधिक सहयोगमा ८ सयभन्दा बढी मोटरेबल पुलको निर्माण भइसकेको छ ।

मानभवनस्थित क्रिश्टल ब्याङ्क्वेटमा मंगलबार सुरु भएको एक्जिबेशन बुधबार पनि जारी रहने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend