logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दाइजो नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि पक्राउ

    दाइजो नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि पक्राउ

    2.9K
    Shares

    बाँके । बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि मंगलबार पक्राउ परेका छन् । जिल्लाको नरैनापुर गाउँपालिका–२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन् । 

    हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

    उक्त घटनापछि लामो समयसम्म फरार रहेका उनीहरू नरैनापुर–१ सुइयास्थित एक घरमा रहेको सूचनाका आधारमा ससुरालाई पक्राउ गर्न प्रहरी सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । घटनामा संलग्न रिहानाका श्रीमान् र सासू भने फरार रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend