बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

दुई व्यवसायिक घरानाले पोखरामा केबलकार बनाउँदै, लगानी एक अर्ब ६० करोड

दुई व्यवसायिक घरानाले पोखरामा केबलकार बनाउँदै, लगानी एक अर्ब ६० करोड

काठमाडौं । चितवन कोइ ग्रुप र अग्नि ग्रुपले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् ।

यी दुई व्यवसायिक घरानाले एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन गर्न लागेको हो । जसमा पूर्वाधारका लागि ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

आगामी वर्ष (जुलाई २०२६ को मध्य) सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ केबलकार परियोजनाको पूर्वाधारका लागि अहिले जग्गा प्राप्तिको काम भइरहेको कम्पनीले जनाएको छ ।

केबलकार परियोजनाहरूमा सामान्यतया आधारभूत भौतिक पूर्वाधारहरूमा माथिल्लो र तल्लो स्टेशनसहित लगानी समावेश हुन्छ । केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ । प्रतिकिलोमिटर लागत एक अर्ब ४५ करोड रुपैयाँ पर्ने देखिएको कम्पनीले जनाएको छ ।

पुम्दिकोट महादेव केबलकार सन् २०२३ मा स्थापना भएको हो । केबलकार परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटलाई ध्यानमा राखेर विकास गरिँदैछ ।

केबलकार निर्माण समूहमा चितवन कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपको तर्फबाट अर्जुनप्रसाद शर्मा रहेका छन् । चितवन कोई ग्रुपले सन् १९९८ देखि मुलुककै पहिलो मनकामना केबलकार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend