बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष कैद सजाय

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष कैद सजाय

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको हो ।

उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

विशेष अदालतको आदेशमा भनिएको छ, ‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ)बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ, सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आए‌कोले ऐ. ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ ।’

९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको हो । हाउजिङ र पद्मा मर्चेन्टले पनि त्यही दरले जरिवाना तिर्नुपर्नेछ ।

विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । यसमा तीन वर्ष कैद सजाय हुनेछ ।

विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ भने थप २ करोड २६ लाख रुपैंया जरिवाना पनि हुनेछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend