
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ निक्षेप ६३ दिनका लागि उठाउन लागेको हो।
राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend