बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

गोमा श्रेष्ठलाई मीनबहादुर दम्पतीले एमबीबीएससम्म पढाइदिने, नगद एकलाखसहित गरे सम्मान

गोमा श्रेष्ठलाई मीनबहादुर दम्पतीले एमबीबीएससम्म पढाइदिने, नगद एकलाखसहित गरे सम्मान

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको खलामा काम गर्दै एसइई दिएर ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले अन्तत: एमबीबीएससम्मको अध्ययन गर्न पाउने भएकी छिन् ।

गोमालाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका हुन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एमबीबीएससम्मको अध्ययन गराउने वचनसहित एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रले सम्मान गरेका हुन् ।

गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् ।

यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् ।
चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भईन् ।

दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी थियो ।

साँझ बिहान  इँटा सुकाउने गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् : ‘डाक्टर बन्ने चाहना छ’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend