बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका वडा नम्बर एकले बेगमा एक करोड पाँच लाखको लागतमा वडा कार्यालयको भवन निर्माण गरेको छ ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगंगा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाखको लागतमा भवन निर्माण गरेको जानकारी दिए ।

“आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख र २०८१/०८२ मा ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उनले भने, “चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।

आठ वटा वडा रहेको रघुगंगाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend