बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

कुलिङ पिरियडको गडबडी : छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

कुलिङ पिरियडको गडबडी : छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भएको हो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार समिति ७ सदस्यीय रहनेछ ।

जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २–२ सदस्य रहने छन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १र१ जना सदस्य रहनेछन् ।

बर्तौलाका अनुसार प्रतिनिधिसभाको पर्सि बस्ने बैठकले यो निर्णय अनुमोदन गर्ने र छानबिनका लागि १५ दिनको समय दिइने छ ।

संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend