
काठमाडौं । नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको हो ।
निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपाल उज्बेकिस्तानसँग ४–२ ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।
नेपालविरुद्ध जित हात पारेको उज्बेकिस्तान सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend