बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

विद्या भण्डारी र बालेन शाहबीच भेटवार्ता

विद्या भण्डारी र बालेन शाहबीच भेटवार्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । गत बिहीबार भण्डारी र बालेनबीच भेटवार्ता भएको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन ।

उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।

भण्डारीले हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । यससँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाडेकी छिन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend