
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका हुन् ।
यो पुल नेपाली सेनाले ४ करोड लागतका विगत साढे एक महिनाभित्र बनाएको हो । छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा हुम्लावासीले खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हुम्ला सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हो ।
प्रधानमन्त्री शर्मा ओलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend