सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, भोलि बिहान ११ बजे पुन बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, भोलि बिहान ११ बजे पुन बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

बैठकमा विधान संशोधनको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बोल्नेहरू अधिकांशले विधानको संशोधन प्रस्तावमा समर्थन जनाएका छन् ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखे ।

अर्को बैठक भोलि (मंगलबार) बिहान ११ बजे पुन बस्नेछ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend