logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सरकारले रारा जाने बाटोको तुरुन्त पुन: निर्माण गरोस् – सांसद बानियाँ

    सरकारले रारा जाने बाटोको तुरुन्त पुन: निर्माण गरोस् – सांसद बानियाँ

    8.1K
    Shares

    नेकपा एमालेका सांसद मोहन बानियाँले मुगुको रारा जाने सडकको तुरुन्त मर्मत गर्न माग गरेका छन्।  

    सोमबार संसदको शून्य समयमा बोल्दै सांसद बानियाँले  कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्मासम्मको सडक मार्गको आधिकांश कालोपत्रे बिग्रेर धुलो भएको भन्दै त्यसलाई पुन निर्माण गर्न माग गरेका हुन् ।

    ‘केही समयपछि बर्खा लाग्छ त्यसपछि हिलो हुन सुरु हुन्छ त्यसैले त्यो भन्दा अगाडि नै कालोपत्रे भत्केको ठाउँमा बनाउन र नभएकाे ठाउँमा कालोपत्रे बनाउन माग गर्दछु’ संसदमा बानियाँले भने।

    सरकारले सिंगल लेनमा बनाएको सो सडकबीचका पहिरोले घट्टे खोलो, दही खोलालगायतका स्थानमा बाटाे भत्किएकाे छ । बाटो बिग्रँदा त्यहाँका स्थानीय र विशेष गरेर रारा जाने पर्यटकहरु समेत मर्कामा परेका छन् । ‘ याे बाटोमा सरकारको तुरुन्त ध्यान जाओस् छिटो भन्दा छिटो यसलाई निर्माण गर्न म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु’ उनले भने ।  

    यस्तै, नाग्मादेखि गग्मढीसम्मको सडकखण्ड कालोपत्रे नभएकाेले सडककाे स्तरोन्नति गर्न उनले सरकारकाे ध्यानाकर्षण गराएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend