सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

देउवा निवासमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

देउवा निवासमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुने जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend