logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह 

    रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह 

    3.4K
    Shares

    काठमाडौं । कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

    कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन भएको भन्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

    मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार जारी गरेको सूचना अनुसार संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

    यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुका शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend