logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पिसाब फेर्न निस्केकी बालिकामाथि सामुहिक बलात्कार

    पिसाब फेर्न निस्केकी बालिकामाथि सामुहिक बलात्कार

    4.8K
    Shares

    मकवानपुर । मकवानपुरको हेटौँडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे  पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । 
     
    प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थामा अपरिति ५–६ जना केटाहरुले कपालमा समातेर मुख छोपी घरबाट पाँच सय मिटर पश्चिमतर्फ रहेको खहरे खोलामा लगि बलात्कार गरेका थिए । 
     
    बलात्कारपश्चात बालिका बेहोस् भएकी थिइन । धेरैबेरसम्म नफर्किएपछि घरपरिवार तथा छिमेकीले खोजतलास गर्दा बालिकालाई खोलामा बेहोस् अवस्थामा फेला पारेका थिए ।
     
    बलात्कार गर्नेहरु भने फरार रहेको र खोजी तलास जारी रहेको मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरले बताए । 
     
    ‘खबर प्राप्त हुनासाथ हाम्रो टोली घटनास्थल पुुगेको थियो । बालिकालाई उपचार र मेडिकलको लागी हेटौँडा अस्पताल ल्याएको छ । थप विवरण मेडिकल रिपोर्टपछि खुल्छ,’ एसपी राठौंरले भने । 
     
    बालिका होसमा आइसकेकी छिन् भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । हालसम्म केटाहरुको पहिचान हुन नसकेको उक्त स्थानमा थप अनुसन्धानको लागी राठौंरकै नेतृत्वमा टोली खटिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend