logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल ट्रष्टले गर्‍यो काठमाडौं प्लाजा सिल

    नेपाल ट्रष्टले गर्‍यो काठमाडौं प्लाजा सिल

    3.4K
    Shares

    काठमाडौं। नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा सिल गरेको छ । प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो । 
     
    सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ ।
     
    काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।
     
    ट्रष्टको ३१ चैतमा भवन खाली गर्न अन्तिम पटक सूचना प्रकाशित गरेको थियो । कन्सेप्ट डेपलपर्स प्रालिसँगको सम्झौता २०७७ असार २ गते समाप्त भइरहेको छ । डेपलपर्सले नेपाल ट्रष्टसँग सम्झौता नविकरण गरेको छैन । 
     
    ट्रस्टको कार्यालयमा ८ महिना अघि कम्पनीले मासिक १३ लाख रुपैयाँ भाडा दिने र थप लगानी गर्ने भन्दै नविकरणका लागि पेश गरेको थियो । तर भाडा कम भएको भन्दै ट्रस्टको कार्यालयले स्वतन्त्र मूल्यांकन गर्दा मासिक ५९ लाख रुपैयाँको प्रतिवेदन पेश गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend