logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • विद्यालयसहित विभिन्न क्षेत्र बन्द गर्ने सरकारको निर्णय 

    विद्यालयसहित विभिन्न क्षेत्र बन्द गर्ने सरकारको निर्णय 

    2.7K
    Shares

    काठमाडौं । फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत क्षेत्रहरु पनि बन्द गर्ने निर्णय भएको छ ।  

    यी क्षेत्रहरुमा भीडभाड बढी हुने भएकाले वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।

    मुलुकमा कोरोनो संक्रमणको जोखिम बढेको भन्दै विद्यालय लगायतका संस्था बन्द गर्नुपर्ने चौतर्फी आवाज उठ्दै आएको थियो । विशेषगरी बालबालिकाहरु बढी संक्रमित भइरहेको भन्दै शिक्षा मन्त्रालयले एक महिना विद्यालय बन्द गर्नका लागि सीसीएमसीलाई सिफारिस गरेको थियो । 

    तर, निजी विद्यालयका संघसंस्थाले भने विद्यालय बन्द गर्न नहुने बरु विद्यालय सुरक्षित वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्ने लगायत सुझाव दिँदै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend