logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • त्रिकाेणात्मक सिरिजमा नेपालले मलेसियासँग खेल्दै 

    त्रिकाेणात्मक सिरिजमा नेपालले मलेसियासँग खेल्दै 

    3.7K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा साेमबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

    नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल मलेसियाविरुद्ध जित निकालेर फाइनलको सम्भावना बलियो बनाउने योजनामा रहेकाे छ । खेल टीयू क्रिकेट मैदानमा दिउँसाे सवा एक बजेबाट सुरु हुनेछ ।

    टी २० अन्तर्राष्ट्रिय यी दुई टिम अहिलेसम्म चार पटक खेलका छन् । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल मलेसियाले जितेकाे छ ।

    मलेसियाविरुद्ध नेपालमा टोली परिवर्तनको सम्भावना न्यून छ । नेदरल्यान्ड्सविरुद्ध उत्रिएको सुरुवाती ११ लाई नै निरन्तरता दिने उच्च सम्भावना रहेकाे छ । 

    पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराउन डेब्यूद्धय ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।

    कुशल ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend