logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • दबाबमा मलेसिया, छैटाैँ विकेट गुम्याे 

    दबाबमा मलेसिया, छैटाैँ विकेट गुम्याे 

    3K
    Shares

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा नेपालले मलेसियाले छैटाैँ विकेट गुमाएकाे छ । ११ ओभरकाे पाचाैँ बलमा नेपालले ६ विकेट लिएकाे हाे । 

    नेपालका साहब आलमले मलेसियाका अमिनुद्दीन राम्लीलाई अभिनास बाेहराकाे हातबाट क्याचआउट गराएका हुन् । 

    यसअघि नेपालका सन्दीप लामिछानेले मलेसियाका शफिक शरिफलाई बाेल्ड आउट गरेका थिए ।

    मलेसियाले चाैथाे विकेटका रुपमा शाइद अजिजलाई गुमाएकाे थियाे । नेपालका दीपेन्द्र सिंह एरीले आसिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसियाले तेस्राे विकेटमा विरनदीप सिंह गुमाएकाे थियाे । छैटाैँ ओभरकाे अन्तिम बलमा साेमपाल कामीले सफलता हात पारेका थिए ।

    पहिलो विकेटका रुपमा करण केसीले मलेसियाका अनवार अरुदिनलाई क्याच आउट गराएका थिए । विकेट किपर विनोद भण्डारीले क्याच लिएका हुन् ।  
     
    त्यस्तै, मलेसियाका अहम्मद फेज दाेस्राे विकेटका रुपमा रन आउट भएका थिए । उनलाई पनि विनोद भण्डारीले नै रन आउट गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend