logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाली बलर चम्किँदा १०९ रनमा समेटियाे मलेसिया

    नेपाली बलर चम्किँदा १०९ रनमा समेटियाे मलेसिया

    4K
    Shares

    काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपालसामु ११० रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायाे । 

    नेपाली बलरसामु मलेसिया दबाबमा देखिएकाे थियाे । 

    टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया राम्रो सुरुवात गर्न सकेन । उसका अनवर अरुदीलाई करण केसीले आठ रनमा आउट गरे । त्यसपछि मलेसियाको स्कोर ३४ रन हुँदा दोस्रो विकेट गयो । कप्तान अहमद फेइज मात्र तीन रनमा पेभेलियन फर्किए ।

    त्यसपछि सोमपाल कामीले भिरन्दिप सिंहलाई मात्र ६ रनमा बोल्ड गरेपछि मलेसियाले ४५ रनमा तेस्रो विकेट खेर फाल्यो । लगत्तै सेइद अजिजलाई दिपेन्द्रसिंह ऐरीले २७ रनमा आउट गरेपछि मलेसियाले ५१ रनमा चौथो विकेट गुमायो ।

    मलेसियाले ६८ रन बनाउँदा पाँचौं विकेट गुमायो । उसका सफिक सरिफलाई सन्दिप लामिछानेले १५ रनमा पेभेलियन फर्काए । लगत्तै अनिमुदिन राम्लेपनि ब्यक्तिगत पाँच रनमा आउट भएपछि नेपालले छैटौं विकेट लियो । सो बेला मलेसियाको स्कोर ७७ रन थियो ।

    उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । मलेसियाले ९२ रन बनाउादा सातौं विकेट गुमायो । उसका खिजार हायातलाई कुशल मल्लले चार रनमा आउट गरे ।

    लगत्तै सेजरुल इर्जुसलाई करणले आठ रनमा पेभेलियन फर्काए । जसका कारण मलेसियाले एक सय एक रनमा आठौं विकेट खेर फाल्यो । लगत्तै सरभिन मुनीडेलाई करण केसीले २० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गरए । जसका कारण एक सय ६ रनमा मलेसियाले नौ विकेट गुमायो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend