logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • मलेसियाविरुद्धकाे खेलमा कुशल भुर्तेलकाे अर्धशतक

    मलेसियाविरुद्धकाे खेलमा कुशल भुर्तेलकाे अर्धशतक

    4K
    Shares

    काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी २० सिरिजमा मलेसियाविरुद्धकाे खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । 

    उनले २६ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चाैका र ५ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।

    कीर्तिपुर मैदानमा टस जितेर पहिले बलिङ गरेकाे मलेसिया नेपाली बलरसामु दबाबमा देखिएकाे थियाे । मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सकेकाे थियाे ।

    अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेकाे छ ।

    यसअघि नेदरल्याण्डस् विरुद्धकाे पहिलाे खेलमा पनि उनले अर्धशतक पूरा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend