काठमाडाैं । धरहरा पुनर्निर्माणकाे काम लगभग लगभग अन्तिम चरणमा छ । धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण काम पूरा रङ्ग लगाउने काम भइरहेको छ ।
यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । यसअघि विभिन्न सभा समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गते धरहराकाे उद्घाटन गर्ने बताइसकेका छन् ।
भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि धरहरा खुला हुने छैन । त्यसका लागि केही समय लाग्नेछ ।