काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । नेपालका करण केसीकाे विस्फाेटक ब्याटिङ गरेका थिए । उनले १३ बलमा ४५ रन बनाए ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनायाे ।
नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ र कुशल भुर्तेलले १६ रन बनाए ।
नेपालले टी–२० मा बनाएको यो दोस्रो सर्वाधिक रन हो । यसअघि १३ औँ सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।