logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • कुहिएकाे कुखुराको ‘फ्राइड चिकेन’ बेचेपछि…(भिडियाे रिपाेर्ट)

    कुहिएकाे कुखुराको ‘फ्राइड चिकेन’ बेचेपछि…(भिडियाे रिपाेर्ट)

    4.5K
    Shares

    काठमाडाैं । नयाँ बजारस्थित भ्याली कोल्ड स्टोरमा रहेको भ्याली एक्सप्रेसले कुहिएकाे कुखुराको फ्राइड चिकेन बेचेको पाइएको छ ।  

    बुधबार बेलुका धादिङका सञ्जीव त्रिपाठीसहितको टोलीले फ्राइड चिकेनको एक बकेट किनेर खान खाेज्दा कुहिएर डुङ्गडुङ्गती गनाएको थियाे । होटलले कुहिएकाे खानेकुरा बेचिरहेको भन्दै उनीहरुले होटलविरुद्ध आक्रोश पोखेका थिए ।  

    होटल व्यवस्थापनलाई खानामा कमजोरी रहेको र गुणस्तरहीन खाना बेचेको भनी गुनासाे गर्दा हाेटलका म्यानेजर महेश भट्टराईले उल्टै खानका लागि आग्रह गरी बिरामी भए हामीले जिम्मा लिन्छौँ भनी गैरजिम्मेवार जवाफ दिए ।  

    भ्याली एक्सप्रेसले कुहिएर डुङ्गडुङ्गती गनाएको फ्राइड चिकेनलाई महँगो पैसा लिएको तर खानामा गुणस्तर नभएको भनी प्रहरीमा उजुरी गरेपछि प्रहरीले होटल बन्द गर्न लगाई होटलका म्यानेजर    महेश भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।  

    हेर्नुहोस् बुधबार बेलुका नयाँ बजारको भ्याली कोल्ड स्टोरमा रहेको भ्याली एक्सप्रेसमा के–के भयो ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend