सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्छ : महासचिव पोखरेल

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्छ : महासचिव पोखरेल

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले एमालेमा बहुपद होइन एक पदको अवधारणा भएको र त्यसलाई कार्यान्वयन गर्दै सबैलाई अवसर प्रदान गरी सो अवसरको सफल प्रयोग गरिनुपर्ने बताए । “पार्टीले मलाई के दियो होइन, मैले पार्टीलाई के दिए भन्नेतिर ध्यान दिनुपर्छ । दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्छ”, उनले भने ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताए । “उहाँले सामाजिक काम जति पनि गर्न सक्नुहुन्छ, तर सक्रिय राजनीतिमा आउनु शोभनीय होइन । तीज आइरहेको छ, अगुवा महिला नेतासँग अस्ति दर खानुभयो, त्यो उहाँले गज्जब गर्नुभयो”, उनले भने ।

महासचिव पोखरेलले रास्ट्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए । “एमाले र कांग्रेस सरकारमा भएपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ”, उनले भने, “विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।”

यसैगरी महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनको तयारी भइरहेको बताए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend