सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

वीरगञ्जमा मंगलबार एकैदिन ४ जनाकाे मृत्यु

वीरगञ्जमा मंगलबार एकैदिन ४ जनाकाे मृत्यु

वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

मंगलबार वीरगञ्जमा पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुष, बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी महिलाको मृत्यु भएको हाे ।

मृत्यु भएका सबैमा अक्सिजन लेभल मेन्टेन हुन नसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा ५३ जना बिरामी भर्ना छन् । सबै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको जनाइएकाे छ ।

पछिल्ला दिनहरुमा वीरगञ्जमा काेराेना संक्रमितकाे मृत्युदर बढिरहेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend