सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कांग्रेस केन्द्रीय सदस्यहरूको पिसिआर रिपोर्ट नेगेटिभ, आज बैठक बस्दै

कांग्रेस केन्द्रीय सदस्यहरूको पिसिआर रिपोर्ट नेगेटिभ, आज बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो।

एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएकोले बैठक तय गरिएको कांग्रेसले जनाएको छ। पार्टी कार्यलयका सचिव प्रेम केसीका अनुसार केन्द्रीय सदस्यहरू र नेताका सुरक्षामा खटिएका कसैलाई पनि पोजेटिभ देखिएको छैन । 

केसीका अनुसार आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने तयारी छ।

१४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend