
काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुकाे सुविधाका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो ।
आन्तरिक हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल जान-आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएकाे छ ।
सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend