
काठमाडौं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी भएपछि मानिसहरु गाउँ फर्किन थालेका छन् ।
मंगलवारमात्रै काठमाडौं उपत्यका भित्रका विभिन्न नाकाबाट ५२ हजार १ सय ९० जना मानिस बाहिरेका छन् । सबै सबैभन्दा धेरै नागढुङ्गा नाकाबाट ४५ हजार ७ सम ७५ जना बाहिएका हुन् । त्यस्तै मंगलावार ३२ हजार ३ सय ८३ जना मानिस काठमाडौँ उपत्यका प्रवेश गरेको प्रहरीको तथ्याङ्कले देखाएकाे छ ।
सवारी साधनको संख्या भने बाहिरीने भन्दा भित्रिनेको बढी छ। मंगलवार ७ हजार ९ सय सवारी साधन बहिरिएका थिए भने ७ हजार ७ सय ७७ सवारी भित्रिएका छन् ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा घोषणापछि फेरि गत वर्ष लकडाउन गर्नुपूर्वको दृश्य दोहोरिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend