सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानमन्त्री ओली आइसोलेशनमा

प्रधानमन्त्री ओली आइसोलेशनमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा बसेका छन् । आफ्नाे सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आइसाेलेशनमा बसेका हुन् ।

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भट्टराईको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा छन् ।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेशनमा बसेका हुन् ।

अहिलेसम्म ओली पक्षका तीन जना नेतामा संक्रमण पुष्टि भएको छ । नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको एमालेले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend