सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा एकैदिनमा तीन हजार बढी संक्रमितकाे मृत्यु 

भारतमा एकैदिनमा तीन हजार बढी संक्रमितकाे मृत्यु 

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३२८५ जनाको मृत्यु भएपछि कोरोनाले मृत्यु हुनेको संख्या २ लाख १ हजार १६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ६२ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा बुधबार लगातार सातौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend