
काठमाडौं। नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको हो।
सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सूचना जारी गर्दै बताएका छन्।
एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले दलत्याग गरेको पत्र राष्ट्रियसभा सचिवालयमा दर्ता गराएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend