सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख दिने सरकारको निर्णय

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख दिने सरकारको निर्णय

काठमाडौं। सरकारले त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । 

नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच त्रिकोणात्मक सिरिज भएको थियो । नेपालमा भएको सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डसलाई पराजित गर्दै उपाधि जितेको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend