
कास्की । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखसमक्ष निवेदन दिएकी छन् ।
शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन थापाले सभामुख समक्ष निवेद पेश गरेकी छिन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको र त्यसको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको अवस्थामा प्रदेश सभा सदस्यको अवस्था अज्ञात हुनु शंकास्पद रहेको थापाकाे भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend