शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

गण्डकी प्रदेश सभामा अनुपस्थित भएका सांसद अस्पतालको कोभिड वार्डमा

गण्डकी प्रदेश सभामा अनुपस्थित भएका सांसद अस्पतालको कोभिड वार्डमा

काठमाडाैं । बुधबार गण्डकी प्रदेशसभामा अनुपस्थित भएका जनमाेर्चाका सांसद खिमबिक्रम शाही र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ अस्पताल भर्ना भएका छन् ।

उनीहरु  पाेखराकाे चरक मेमाेरियल अस्पतालकाे काेभिड वार्डमा उपचार गराइरहेका छन् । उनीहरु दुवै जनामा स्वासप्रश्वासकाे समस्या देखिएपछि अस्पतालमा भर्ना भएकाे अस्पताल स्राेतकाे दाबी छ ।

जनमाेर्चाका सांसद शाही अनुपस्थित भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको थियाे । यसअघि सांसद शाही बेपत्ता पारिएकाे भनी जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् ।

याे पनि पढ्नुहाेस् ।

गण्डकीमा जनमोर्चाका सांसद शाहीकाे अवस्था अज्ञात, जीवनरक्षाकाे मागसहित सभामुखसमक्ष निवेदन 

जनमोर्चाका सांसद गायव भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend