सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

टी–२० वरीयतामा कुशल भुर्तेलकाे छलाङ

टी–२० वरीयतामा कुशल भुर्तेलकाे छलाङ

काठमाडाैं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० वरीयतामा छलाङ मारेका छन् । अघिल्लो हप्ता सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी २० सिरिजबाट सिनियर टोलीमा डेब्यू गरेका कुशलले वरीयता सुधार्दै ६१ औँ नम्बरमा उक्लिएका हुन् ।

त्रिदेशीय सिरिजमा लगतार तीन अर्धशतक प्रहार गरेका भुर्तेल अघिल्लो साता पहिलो पटक टी २० वरीयताको शीर्ष सयभित्र परेका थिए। उक्त वरीयतामा ९३ औं स्थानमा रहेका रुपन्देहीका २४ वर्षे भुर्तेल आईसीसीले जारी गरेको नयाँ वरीयतामा ६१ नम्बरमा उक्लिएका हुन् ।

उनी बाहेक अर्का नेपाली ब्याट्सम्यान पारस खड्का वरीयताको ८८ औं स्थानमा छन् भने ज्ञानेन्द्र मल्ल पनि शीर्ष सयमा अटाएका छन् । कप्तान मल्ल ९४ औं स्थानमा छन् । त्यस्तै बलिङतर्फ सन्दीप लामिछाने ७७ औं स्थानमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend