
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक मेमोरियल हस्पिटलको काेभिड वार्डमा रहेका जनमाेर्चा सांसद खिम विक्रम शाही र काङ्ग्रेस सांसद मन कुमारी गुरुङलाई भेट्न अस्पताल पुगेका छन् । उनीसँगै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पनि शाही भेट्न अस्पताल पुगेका थिए ।
तर, दुवैलाई अस्पताल प्रशासनले स्वास्थ्य जोखिम देखाउँदै शाही र गुरुङसँग भेट्न दिएन ।
बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल चलिरहेका बेला सम्पर्कविहीन बनेका सांसद शाही चरक अस्पतालको काेभिड वार्डमा रहेको भन्ने खबर आएको थियो ।
आफ्नो सांसद्को अवस्था अज्ञात रहेकाले जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही अघि नबढाउन माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन् । त्यही कारण देखाएर प्रदेश सभा सचिवालयले बुधबारको बैठक स्थगित गरेको थियाे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend