सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौंबाट कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत झापाको अस्पताल लगियो

काठमाडौंबाट कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत झापाको अस्पताल लगियो

झापा । कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ। काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा लगिएको हो।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा लगिएको हो।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए। 

झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए। उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए। 

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ। अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ। बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए। 

“राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भने, “बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौँबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।” रासस

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend