शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना संक्रमण : पूर्वरानी कोमल शाहलाई आईसियूमा सारियो

कोरोना संक्रमण : पूर्वरानी कोमल शाहलाई आईसियूमा सारियो

काठमाडौं । कारोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा थप समस्या देखिएको छ ।

उनको स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा राखेर उपचार गराइएको अस्पताल स्रोतले जनाएको छ । अक्सिजन लेभल घटेपछि बुधबार बेलुका कोलम शाहलाई आईसियूमा सारिएको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख ७  गते नर्भिकमा भर्ना भएका थिए। 

उनीहरुको उपचारमा संलग्न डा. जेपी जयसवालले पूर्वराजाको स्वास्थ्य सामान्य रहे पनि पूर्वरानीको स्वास्थ्यमा भने गिरावट आएको बताए । त्यस्तै छोरी प्रेरणाको अवस्था सन्तोषजनक रहेको जयसवालले बताए। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend