मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रधानमन्त्री आइसोलेशनमा बसेको भन्ने समाचारमा कुनै सत्यता छैन : सचिवालय 

प्रधानमन्त्री आइसोलेशनमा बसेको भन्ने समाचारमा कुनै सत्यता छैन : सचिवालय 

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणको आशंकामा आइसोलेशनमा बसेको भनेर केही सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारमा कुनै सत्यता नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कतिपय सञ्चारमाध्यमले ‘प्रधानमन्त्री आइसोलेशनमा’ भनि तथ्यहिन समाचार सम्प्रेषण गरेर नियोजित रूपमा भ्रम फैलाएको बताएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत भएको भन्दै भ्रममुक्त हुन आग्रह गरेका छन्। 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend