सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सांसद शाहीको स्थिति सार्वजनिक गर्न जनमोर्चाको आग्रह

सांसद शाहीको स्थिति सार्वजनिक गर्न जनमोर्चाको आग्रह

कास्की । राष्ट्रिय जनमोर्चाले आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न जनमोर्चाले आग्रह गरेकाे छ । 

गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे विस्तृत थाहा नभएकाले स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ ।

पार्टीका जिम्मेवार नेताहरूले पनि शाहीलाई भेट्न पाएका छैनन् ।

शाहीको अवस्था अज्ञात रहेको कारण देखाउँदै जनमोर्चाले निवेदन दिएका आधारमा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । नेकपा (एमाले) ले भने प्रदेशसभामा स्थगन हुन नहुने जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend