
काठमाडाैं । निषेधाज्ञा जारी गरेको बिहीबार पहिलो दिन काठमाडाैं उपत्यका सामान्य अवस्थामा रहेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियमअनुसार बिहान खाद्यान, तरकारी पसलहरु खुलेका छन् । दैनिक उपभोग्य सामान बाहेकका अरु पसलहरु भने खुलेका छैनन् ।
अतिआवश्यक सामान ढुवानी गर्ने यातायतका साधनहरु पनि बिहानदेखि निर्बाध रुपमा चलेका छन् ।
बिहान ६ बजेदेखि जिल्लाका विभिन्न चोकहरुमा सुरक्षाकर्मीद्वारा चेकजाँचमा कडाइ गरिएको छ । पास नभएका मोटरसाईकल र गाडीहरुलाई होल्डिङमा राखिराखेको छ भने कति ठाउँमा त नागरिकहरु आफै सचेत भएकाे पनि पाइएकाे छ ।
उपत्यकाका सडकहरु सुनसान जस्ताे बनेका छन् । हेराैँ बिहीबार बिहान उपत्यकाका सडकमा देखिएका केही दृश्य :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend