सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

आयल निगम भन्छ : इन्धन आपूर्ति सहज छ 

आयल निगम भन्छ : इन्धन आपूर्ति सहज छ 

काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री–वितरण भइरहेको जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको बताए । उनले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताए ।

काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएकाे गुनासो आएको सन्दर्भमा इन्धन आपूर्ति सहज भइरहेकाे र अभाव नभएकाे बारे जानकारी गराएका हुन् । बिहीबारदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा हुने भएपछि बुधबार अबेरसम्म राजधानीका अधिकांश पेट्रोलपम्पमा सर्वसाधारणको लामो लाइन लागेकाे थियाे । 

निगमले इन्धन आपूर्ति भइरहेकाे र अभाव नहुने प्रष्ट पारेकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend