
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठुलो चलखेल भएको बताएका छन्।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले बिरामी भएको भनिएका गण्डकीका सांसद खिमविक्रम शाहीको दुईथरि कोरोना रिपोर्ट आएकोमा विषयमा छानविन हुनुपर्ने बताए ।
नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न पौडेलले माग गरे।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएका थिए । उनि हराएपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend