मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

हवाई यात्रु लिन घरमै ट्याक्सी आईपुग्ने !

हवाई यात्रु लिन घरमै ट्याक्सी आईपुग्ने !

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुलाई लिन र पुर्‍याउन स्विकृत प्राप्त प्रिपेड पर्यटन ट्याक्सीको व्यवस्था गरिएको जनाएको छ।

विमानस्थलको अनुमति लिएका हरियो नम्बर प्लेट भएकाले प्रिपेट ट्याक्सीहर अब यात्रुलाई लिन घरमै आइपुग्ने भएका हुन् । विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सुविधा सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।

कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधनमाथी बिहीबारदेखि रोक लगाएको अवस्थामा आन्तरिक तथा बाह्य हवाई उडान भने कायमै राखेको छ । सरकारको उक्त निर्णयलाई लिएर यातायात व्यवसायीले आपत्ति जनाइरहेका छन् ।

yatru 1.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend