
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको मन्त्रालयले जनाएकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend