
काठमाडौं । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ । बिहीबार सूचना सार्वजनिक गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसबारे जानकारी गराएकाे हाे ।
सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend